Nic Ad Nic Ad
Nic Ad Nic Ad

जुम्लामा घाेडा दाैड प्रतियाेगिता सम्पन्न

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – जुम्लामा घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । फूलपातीकै दिन छैंठाैँ पटक घोडा दौड प्रतियोगिता गरिएको हो । घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिएको छ ।  जुम्लामा आयोजना भएको घोडदौड प्रतियोगितामा गुठी चौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ । सोही गाउँका शङ्कर रोकाया दोस्रो र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय भएका छन् । त्यस्तै, पालिततर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठी चौर गाउँपालिका ५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी दोस्रो र गुठी चौर गाउँपालिका २ कुडीका मुनसुर बोहरा तृतीय भएका छन् । कदम तर्फ चन्दननाथ नगरपालिका ८ धरालवाडाका आनन्द धराला प्रथम, गुठी चौर गाउँपालिका १ गडीगाउँका हरिप्रसाद बस्नेत दोस्रो र गुठी चौर गाउँपालिका २ कोल्तेका कालीप्रसाद बोहरा तेस्रो भएको क्लवका अध्यक्ष सरोज शाहीले बताए । घोडा दौड प्रतियोगिता यो जुम्लाको पुराना संस्कृति हो । हरेक वर्ष दसैँको फूलपातीको दिनमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो । यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो । २०५६/०६७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिएको थियो । तर, केही वर्षयतादेखि कर्णाली सपोर्ट क्लब जुम्लाले चन्दननाथ नगरपालिका ५ राजसिम चौरमा पुरानो जुम्ली संस्कृतिलाई जगेर्ना गर्दै आएको छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्