म्यानचेस्टर सिटीको सानदार जित
काठमाडौँ–इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।
आइतबार राति भएको म्यानचेस्टर डर्वीमा सिटीले म्यानचेस्टर युनाइटेडलाई ६–३ गोलले हरायो ।
सिटीको सानदार जितमा दुई खेलाडीले ह्याट्रिक पूरा गर्नुभयो । सिटीका अर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले ह्याट्रिक पूरा गर्नुभएको हो । युनाइटेडका लागि एन्थोनी मार्सियलले दुई तथा एन्टोनीले एक गोल फर्काउनुभयो ।
सिटीले आठौं मिनेटमा फिल फोडेनको गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ३४औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । ३७औं मिनेटमा हालान्डले ब्यक्तिगत दोस्रो गोल थप्नुभयो । ४४औं मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमै चार गोल गरेको थियो ।
५६औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । ६४औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरेपछि सिटी थप बलियो बन्यो । ७३औं मिनेटमा फिल फोडेनले ह्याट्रिक पूरा गर्नुभयो ।
त्यसपछि युनाइटेडका एन्थोनी मार्सियलले ८४औं र इन्जुरी समयमा दुई गोल फर्काएपनि टोलीको फरािकलो हार टरेन । जितसँगै सिटी दोस्रो स्थानमा यथावत छ । सिटीले आठ खेलबाट २० अंक बनाएको छ ।
शीर्षस्थानमा रहेको आर्सनलको २१ अंक छ । पराजित युाइटेड १२ अंकसहित छैटौं स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २०:४८
प्रतिक्रिया दिनुहोस्