Nic Ad Nic Ad
Nic Ad Nic Ad

तलेजु भगवतीमा दर्शन गर्न रातिदेखि लाइनमा 

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – दसैँको नवमीको दिन मात्र ढोका खोलिने हनुमान ढोकाको तलेजु भगवतीको मन्दिरमा दर्शन गर्नका लागि राति २ बजेदेखि लाइन लागेको छ । श्रद्धालु भक्तजन राति २ बजे आएर लाइनमा बसी तलेजुको दर्शन गर्ने तयारीमा छन् । यति बेला तलेजु परिसरमा भक्तजनको घुइँचो देख्न सकिन्छ । यस वर्ष अष्टमीको राति पानी परेका कारण पूजा गर्न ढिलो भएको छ । अहिले तलेजु भगवतीको दर्शनार्थीको लाइन हनुमान ढोका तर्फ कुमारी घर पार गरेको छ भने मखन तर्फको लाइनेले सुरज आर्केट पार गरेको छ । सधैँ बिहान ५ बजे खोलिने तलेजुको मूलढोका यो वर्ष भने ६ः३५ मा खोलिएको हो ।    
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:०४
प्रतिक्रिया दिनुहोस्