हेलिकप्टर र पार्टपुर्जामा २ महिनामा करिब २ अर्ब रूपैयाँ बाहिरियाे
काठमाडौ – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा हेलिकप्टर र पार्टपूर्जा खरिदमा मात्र १ अर्ब बढी रुपैयाँ विदेशिएको छ ।
कोरोना महामारी कम भएसँगै एयरलाइन्स कम्पनीहरुले हेलिकोप्टर थप्न थालेका छन् । यती एयरलाइन्सले हालै थप एक जहाज भित्राएको छ ।
भन्सार बिहानको तथ्यांक अनुसार भदौ मसान्तसम्म यस्ता वस्तुको आयातका लागि एक अर्ब ७१ करोड २९ लाख रुपैयाँ विदेशिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा भने वर्षभर नै यस्ता वस्तुको आयातमा ६ अर्ब १६ करोड ३४ लाख रुपैयाँ विदेशिएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा भने मात्र तीन अर्ब ८१ करोड ६७ लाख रपैयाँ बराबरको एयरक्राफ्ट र उपकरण भित्रिएका थिए । यी आवमा हवाई क्षेत्र कोरोना भाइरसको प्रभावमा परेको थियो ।
आर्थिक वर्षको अन्तिम तिर मात्र कोरोनाको प्रभाव परेको आर्थिक वर्ष २०७६/७७ मा भने २१ अर्ब ४२ करोड ९३ लाख रुपैयाँ बराबरको एयरक्राफ्ट तथा त्यसको उपकरण आयातमा विदेशिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५३
प्रतिक्रिया दिनुहोस्