जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न राष्ट्रसङ्घीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
उनले भने– अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरूमा ठुलो समस्या देखा परिरहेको छ, त्यसैले सबै देशहरूले र विशेष गरी जी २० का सदस्य राष्ट्रहरूले यस विषयमा ध्यान दिनुपर्छ ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्बन्धी सम्मेलन कोप २७ का लागि विश्वका देशहरूले एजेण्डा बनाइरहेको बताउँदै ती एजेण्डामा जलवायु परिवर्तनलाई आवश्यक मात्रामा प्राथमिकतामा राख्न उनले आग्रह गरेका हुन् ।
इजिप्टको सराम आल सेख सहरमा आगामी नोभेम्बर महिनाको ६ देखि १८ तारिखसम्म विश्व जलवायु सम्बन्धी सम्मेलन कोप २७ हुने भएको छ । सो सम्मेलनमा विश्वका विभिन्न देशहरूले जलवायु परिवर्तन सम्बन्धी आफ्ना एजेण्डा र प्राथमिकताहरू निर्धारण गरिरहेका बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घले यसअघि पनि विश्वका आफ्ना सदस्य देशहरूलाई जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा आ–आफ्ना देशका बजेट एवं नीति तथा कार्यक्रमहरू प्राथमिकताका साथ निर्माण गर्न आग्रह गरिरहेको थियो ।
आगामी यस विश्व सम्मेलनमा पनि यसै विषयमा संयुक्त राष्ट्रसङ्घले विश्वका आफ्ना सदस्य देशहरूलाई आग्रह गर्ने भएको पनि समाचारमा जनाइएको छ । रासससिन्ह्वा
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:१७
प्रतिक्रिया दिनुहोस्