Nic Ad Nic Ad
Nic Ad Nic Ad

दसैँको भान्सा: खसीको पक्कु बनाउने सजिलो तरिका

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – असार १५ को दही चिउरा, साउनको क्वाँटी र खिर, तिहारको सेल रोटी, माघे सङ्क्रान्तिको तरुल, भनेजस्तै दसैँमा माछा मासु खानेहरूको विशेष परिकार हो खसीको पक्कु । दसैँमा घरमा आएकालाई ख्वाउन होस् वा टिका लगाउन कसैमा जाँदा खसीको पक्कु ख्वाउने चलन छ । खसीको पक्कु बनाउने परम्परागत तौरतरिका छन् । तर कतिपयलाई यो बनाउन आउँदैन । त्यसैले खसीको पक्कु बनाउन नजान्नेहरुका लागि यो सामाग्री उपयुक्त हुन सक्छ । पक्कुका लागि कस्तो मासु छान्ने ? पक्कुका लागि टाउको र खुट्टाबाहेक अन्य कुनै पनि मासु प्रयोग गर्न सकिन्छ । यदि फिला र ढाडको मासु भयो भने राम्रो हुन्छ । यस्तो छ पक्कु पकाउने विधि – खसीको मासुमा तोरीको तेल, नुन, बेसार र गरम मसलाको धुलो मोलेर केही बेर छोपेर राख्ने । – अब तपेस वा भड्डु भाँडामा तोरीको तेलसँगै आफ्नो स्वाद र रुचिअनुसार ज्वानो मेथी टिमुर अथवा तेज पत्ता राखेर भुट्ने । – त्यसपछि मासुलाई राखेर सानो आँचमा माथिबाट ढकनीमा पानी राखेर ४० मिनेट पकाउने । – कसैलाई फरक स्वाद खान मन भए, ३० मिनेटमा सिलौटोमा पिँधेको जिरा, धनियाँ, लसुन हरियो खुर्सानी अनि अदुवाको पेस्ट राखेर केही बेर भुट्ने र पाकी सकेपछि हरियो धनियाँको पात काटेर माथिबाट छर्किने र १० मिनेट छोप्ने । – अब पक्कु खानका लागि तयार भयो । यो ३ दिनपछि सम्म पनि बिग्रिँदैन । स्मरण रहोस्, तत्काल खाने पक्कु पकाउँदा प्याज र टमाटरको प्रयोग गर्न सकिन्छ । तर पछि सम्मको लागि हो भने टमाटर, प्याज राख्नु हुँदैन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार