Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेलायती दर्शकले रुचाए बल्छी धुर्वे र राजु माष्टरलाई

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–दसै मनाउन बेलायत गएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु माष्टर) द्धारा प्रस्तुति रहेको पहिलो शोलाई दर्शकहरुले रुचाएका छन् । बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेमा निकै राम्रो प्रस्तुति दिए । दुई सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बल्छी धुर्वेले टिकटकमार्फत समाजमा बढ्दै गएको विकृतिको बारेमा तिखो प्रहार गरे । कार्यक्रमा राजु माष्टरको विदेशमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन आग्रह गर्दै सन्देश मुलक प्रस्तुति प्रस्तुत गरे । शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय कलाकार गायक प्रकाश कटुवाल साथ स्थानीय कलाकार पूर्णमान बज्राचार्यको प्रस्तुति रहेको थियो । कार्यक्रममा सहभागी स्थानिय आस्था भट्राईले हांस्यकलाकारको प्रस्तुती निकै मौलिक र व्यवहारिक भएको प्रतिक्रिया दिइन् । ठाउँको ठाउँ मानिसहरुलाई रोष्ट गर्न सक्ने बल्छि ध्रुर्वेको क्षमताको उनले प्रशंसा गरिन् । यसैगरी लोक गायक प्रकाश कटुवालले बेलायत आउनले भोगेको बेथा पोख्दै तेस्रो पटकको प्रयासमा आफू बेलायत आउन पाएको बताए । उनले ‘चोर बिरालो पल्क्यो, चोरी खान पल्केको ढाडे बिरालो, छेकेन जामाले जस्ता आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुति दिए। तेस्तै स्थानीय कलाकार पूर्णमान बज्राचार्यले ‘तिमी पारि त्यो गाउंमा’ र ‘ढुंगे साँगुको मेलामा’ बोलका चर्चित गएर मनोरन्जन दिलाए । संस्थाका महासचिव एवं व्यवसायी कृष्ण लुइंटेलले संचालन गरेको कार्यक्रमा बालकलाकार आमोद ढकालले ’वर्षमा दिनमा’ बोलको दशैं गीत गएर सांगीतिक माहोललाई अघि बढाएका थिए । यसैगरी ज्योति प्रधान, सोनिसा भट्टराई, युक्रेश कोइराला, सान्वी पाण्डे, साहसी भट्टराई, आदिती पाण्डे, पल्पसा बज्राचार्य, सायुज धिताल, नोयल पौडेल र ओजस्वी पौडेलले विभिन्न खालका नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्