दशैँको दिन नेपाल छोड्नेहरु
काठमाडाैँ– यतिबेला सिंगो देश नै दशैँमय बन्दा केही मानिस भने विदेश जान बाध्य छन् । देशभर विजया दशमी मनाइरहँदा रोजगारी र अध्ययनका लागि केही मानिसहरू रातो टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुटिएका छन् ।
आज बिहान दशैँको टीका लगाएर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको देख्न सकिन्थ्यो ।
अधिकांश नेपालीहरू दशैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । तीमध्ये अधिकांश युवा छन् ।
रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको मुखमा घर परिवार छोडेर विदेश जान लागेको उनीहरू बताउँछन् । उनीहरु अहिले दशैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको बताउँछन् ।
महान चाड बडादशैँको बेलामा सयौँ युवाहरु रोजगारीका लागि विदेशिन बाध्य छन् । घरपरिवारबाट बिदा भइ खादा र टीका लगाई विदेशिने युवाहरुको जमात विमानस्थलमा बाक्लै देख्न सकिन्छ ।
पर्वमा घर परिवारलाई छाडेर वैदेशिक रोजगारका लागि खाडी मुलुक जान लागेका युवाहरुको मन भारी छ । यद्यपि हातमुख जोर्ने बाध्यताले चाडबाड मनाउने सुविधा भने दिएको छैन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्