आज एकादशी: टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी
काठमाडाैँ – आज एकादशी, दसैँको टीकाको दोस्रो दिन । आज पनि आफन्त र मान्यजनहरूबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ । अधिकांश स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ भने केही स्थानमा हिजोबाट टीका लगाउने क्रम सकिएको छ ।
आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशीर्वाद लिने चलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसीयालीमा दसैँ मनाउने चलन चलेको पौराणिक मान्यता छ । यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन रहेको छ ।
दसैँमा काटमार गरिने र त्यसकै सेरोफेरोमा पर्ने हुनाले बोलीचालीको भाषामा मानिसहरूले पापकुंशा एकादशीलाई ‘गिद्धे एकादशी’ पनि भन्ने गर्दछन् । आज सुन, तिल, जौ, अन्न, भूमि, छाता र जुत्ता दान गर्नाले मृत्युपछि स्वर्ग लोक प्राप्त हुने विश्वास रहिआएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:२६
प्रतिक्रिया दिनुहोस्