नेभिगेशन
जीवनयापन

गौतम बुद्धका केही अमर वाणीहरू

१. दुःखको मूल कारण तृष्णा (इच्छा) हो । रूप, शब्द, गन्ध, रस, स्पर्श तथा मानसिक वितर्क र विचारप्रति व्यक्ति आशक्त हुन्छ र यही आशक्तिबाट तृष्णाको जन्म हुन्छ । २. शत्रुताले शत्रुता मर्दैन । मित्रताले नै शत्रुता मर्दछ । मित्रता नै सनातन नियम हो । ३. यस संसारमा घृणाले घृणा कहिल्यै घट्दैन । क्षमा र प्रेमले नै नयाँपनको प्रारम्भ हुन्छ । ४. जहाँ पाप छ, त्यसको विपरीत पुण्य पनि छ । जहाँ जन्म छ त्यहाँ अजन्म अवस्था पनि हुन्छ । जहाँ मृत्यु छ, त्यहाँ अमृत पनि अवश्य हुन्छ । मलाई त्यसैको खोजी गर्नु छ । ५ घृणा प्रीतिद्वारा बाँधिन्छ र यही त्यसको स्वभाव हो । प्रीतिले क्रोधलाई र कुभलोलाई जित्नु पर्दछ । उदारताले लोभलाई र झुटोलाई सत्यले जित्नुपर्दछ । ६ एउटा व्यक्तिले युद्धमा हजारौँ लाखौँलाई जितोस् तर आफ्नो मनलाई जित्न नसके त उसलाई सच्चा सङ्ग्राम विजयी मान्न सकिन्न । ७. जसले स्वयम्लाई वशमा राखेको छ, संसारको कुनै पनि शक्तिले उसको विजयलाई पराजयमा बदल्न सक्दैन ।   साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै