जपको प्रभाव : एक प्रेरक प्रसङ्ग
काठमाडाैँ – एक दिन केही शिष्यले आफ्ना गुरुसँग सोधे— गुरुजी ! तपाईँको भनाइ मानेर हामीले हरेक दिन जप गर्छौँ । तर यसबाट कुनै लाभ भएको जस्तो हामीलाई लागेन । यसको कारण के होला ?
आफ्ना शिष्यको सुनेर गुरु केही नबोली मुसुक्क हाँसे । केही समयपछि उनले रक्सीले भरिएको एउटा बोतल लिन पठाए र भने— यसबाट कुल्ला गरे बोतललाई खाली गरिदिनु।
शिष्यले त्यस्तै गरे । त्यसपछि गुरुले सोधे — के बोतल खाली भएपछि तिमीहरूलाई नशा लाग्यो ?
सबै शिष्यहरूले एकैसाथ भने— गुरुजी ! नशा कसरी लाग्छ ? हामीले रक्सीलाई घाँटीबाट तल नै पु¥याएनौँ ।
गुरुले मुस्कुराउँदै भने— जसरी घाँटीभन्दा तल नगएसम्म रक्सीको असर हुँदैन, माथिबाट जप गरेर त्यसको असर हुँदैन ।
जबसम्म हृदयबाट जप गर्दैनौँ वा त्यसैमा डुब्दैनौँ त्यसबाट लाभ हुँदैन ।
शिष्यहरूले आफ्नो जिज्ञासाको उत्तर पाए र जप गर्न गए ।
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:३३
प्रतिक्रिया दिनुहोस्