कसरी जुराइन्छ समुद्री आँधीको नाम ?
काठमाडौँ – समुद्री आँधी । आँधीको नाम सुन्ने बित्तिकै धेरैको कपालको रौँ नै सिरिङ्ग हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् । आँधीले विभिन्न देशमा ठुलो जनधनको क्षति गरेका छन् ।
यसै साता शक्तिशाली तुफानसहितको समुद्री ई यान आँधीले अमेरिकाको फ्लोरिडा राज्यमामा ठुलो भौतिक क्षति गरेको थियो । आँधीपछिको वर्षाका कारण कैयौँ घरहरू डुबेका थिए । आँधीका कारण १८ लाखभन्दा बढी मानिस विद्युत् आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका थिए आँधी हरेक क्षेत्रमा आउने गर्छ । आज हामी आँधीको क्षति भन्दा पनि त्यसको नाम कसरी जुराइन्छ भन्ने विषयमा चर्चा गर्न लागिरहेका छौँ ।
आँधीको पहिचान, त्यसले पु¥याउने क्षति र निश्चित आँधीसँग सम्बन्धित विषय सम्झनाका लागि लामो समयदेखि यसको नामकरण गर्ने अभ्यास छ । आँधीको नामकरण गर्दा निश्चित साइक्लोनबारे रिपोर्ट गर्न र समुदायलाई तयार हुन सजिलो बनाउने विज्ञहरू बताउँछन् ।
यति आक्षांश र देशान्तरमा यसरी हावाहुरी आउँदै छ भन्नु भन्दा पनि त्यसलाई निश्चित नामले सम्बोधन गर्दा सहज हुन्छ । सुरुवाती दिनमा आँधीको नाम जथाभाबी राखिन्थ्यो । सन् १९५० को मध्येदेखि आँधीको नाम राख्ने प्रचलन सुरु भएको हो ।
सुरूमा महिलाको नामबाट आँधीको नाम राखिन्थ्यो । विस्तारै जलवायु तथा मौसमविद्ले अक्षरको बर्नअनुसार नाम राख्न थाले । जस्तै पहिलो पटक आउने आँधीको नाम ए बाट राख्न थालियो । अर्को पटक आउने आँधीलाई बीबाट नामकरण गरियो ।
यस्तो नामकरण सम्बन्धित क्षेत्रका राष्ट्रिय हुरिकेन सेन्टरले गर्छन् । र, ती सेन्टर विश्व जलवायु संगठन ९डब्लुएमओ ० को अन्तर्राष्ट्रिय समितिबाट निरन्तर अपडेट हुन्छन् ।
सन् १९७९ पछि पहिलो पटक आँधीमा महिलाको नाम राखिन थालिएको थियो । सामान्यतया आँधका लागि ६ ओटा नाम ‘रोटेसन’ का आधारमा राखिन्छ । तसर्थ, सन् २०१९ मा राखिएको नाम सन् २०२५ पछि पुनः राखिन्छ ।
तर, कुनै आँधी विनाशकारी छ भने त्यसको नाम दोहोरिदैन् । त्यसको सट्टामा अर्को नाम रहन्छ । विनाशकारी आँधी आएमा डब्लुएमओ को ट्रोपिकल साइक्लोन कमिटीको वार्षिक वैठकले सो नाम सूचीबाट हटाउँछ र अर्को नाम राख्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:०१
प्रतिक्रिया दिनुहोस्