गण्डक ब्यारेजका २२ ढोका खोलियो
काठमडौँ – नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।
लगातार परेको वर्षाका कारण रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको प्रहरीले जनाएको छ।
त्रिवेणी स्थित गण्डक ब्यारेजमा ३६ वटा ढोका रहेका छन् । बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्यु सेक पुगेको प्रहरीले जनाएको छ ।
गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०५
प्रतिक्रिया दिनुहोस्