थाइल्याण्डमा गोली चल्दा ३१ जनाको मृत्यु
काठमाडौं–थाइल्याण्डको एक प्री स्कुल चाइल्ड डे केयर सेन्टरमा गोली चल्दा ३१ जनाको मृत्यु भएको छ ।
पूर्वप्रहरी अधिकृतले चलाएको गोली लागेर ३१ जनाको मृत्यु भएको हो। आक्रमणपछि बन्दुकधारी फरार रहेको प्रहरीले जनाएको छ ।
थाइल्याण्डको उत्तरपूर्वी भागमा रहेको नोङ बुवा लाम्फूमा भएको आक्रमणपछि बन्दुकधारी फरार रहेको समाचार बीबीसीमा उल्लेख छ ।
मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको प्रहरीले जनाएको छ ।
ती प्रहरी अधिकृतले बालबालिका र वृद्धवृद्धामाथि गोली हान्दै छुरा प्रहार समेत गरेका थिए । आक्रमणको कारण अझैं खुलेको छैन ।
थाइल्याण्डमा यस्त घटना विरलै हुने गरेका छन् । यसअघि सन् २०२० मा एक सैनिकले २१ जनाको हत्या गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५५
प्रतिक्रिया दिनुहोस्