Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रेन्च लेखिकालाई

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ  — यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ । नोबेल छनोट समितिका अनुसार यस वर्षको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने भएको हो । एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक ‘क्लिनिकल एक्युटी’मा कैयौँ लेख लेखेकी छिन् । उनले फ्रेन्च, अङ्ग्रेजीमा कैयौँ उपन्यास पनि लेखेकी छिन् । लेखिका एनीको जन्म सन् १९४० मा भएको थियो । उनी नरमेडीको छोटो सहर यवेटोटमा हुर्किएकी हुन् । जहाँ उनका आमाबुबा किराना पसल र क्याफे चलाउँथे । यो पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर अर्थात् नौ लाख १५ हजार अमेरिकी डलरभन्दा धेरै छ । सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलराजक गुरनाहलाई दिइएको थियो । उनले उपनिवेशवादको प्रभाव, संस्कृतिलाई लिएर लेख लेखेका कारण यो पुरस्कार दिइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५२
प्रतिक्रिया दिनुहोस्