Nic Ad Nic Ad
Nic Ad Nic Ad

बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रबार, मंसिर ९, २०७९
बझाङ— आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज जिल्ला अदालत बझाङमा एक कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमल प्रसाद गौतमले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने र निर्वाचन आचारसंहिता पालना गरे, नगरेको अनुगमन गर्ने मुख्य निर्वाचन अधिकृत नन्द किशोर प्रसाद यादवले बताए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार