नेभिगेशन
मनोरञ्जन

गायक पाण्डेको निधन

काठमाडौँ— “जिन्दगीले कहाँ ल्याइ पुर्‍यायो...” लगायत लोकप्रिय गीतका गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आएका गायक पाण्डेको आज उनको निजी निवास काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् । मृतक पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन