Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफ्नो लक्ष्यलाई जति धेरै भावनासँग जोडिन्छ त्यति नै छिटो छिटो सफलता हात लाग्दै जान्छ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – भावना नै मुख्य कुँजी हो । कुनै लक्ष्यको लागि तपाईँ भित्र जति भावनाको ज्वार हुनेछ, त्यति तपाईँ तेजीले साकार गर्नुहुनेछ ।
आफ्नो लक्ष्यको बारेमा आफ्नो विचारलाई जब तपाईँ गहिरो चाहना या रोमाञ्च भावनासँग जोड्नु हुन्छ तब तपाईँ आफ्नो दिमागको घोडालाई दौडन बाध्य बनाउनु हुन्छ ।
तपाईँको दिमाग एकाएक सक्रिय हुनेछ र लक्ष्य प्राप्त गर्नको लागि विचारको वर्षा लगाइदिनेछ । कुनै कुरा पाउनको लागि तपाईँ जति सकारात्मक, रोमाञ्चित र उत्साहित हुनुहुन्छ, त्यति नै तीव्रताले तपाईँको दिमाग त्यसलाई तपाईँको जिन्दगीमा साकार बनाउनको लागि काम गर्न थाल्ने छ ।
सोच्नुस्, यदि तपाईँले लक्ष्य प्राप्त गर्नुभयो भने तपाईँलाई कस्तो लाग्ने छ । गर्व, खुसी, राहत, उल्लास या अति उत्साहित, तपाईँ के महसुस गर्नुहुन्छ ? भावना जुनसुकै होस् तपाईँले आत्मविश्वास र खुसीका साथ त्यो भावनाको त्यसै गरी आनन्द लिने प्रयास गर्नुपर्छ जुन तपाईँ त्यो तपाईँको जिन्दगीको भाग हुँदा महसुस गर्नुहुन्छ ।
यदि तपाईँ धेरै पैसा कमाउन चाहनु हुन्छ र जीवनस्तर उठाउन चाहनु हुन्छ भने सोच्नुस् मानौँ तपाईँ त्यही पुग्नुभएको छ, ठिक त्यस्तै जिन्दगी बाँचिरहनु भएको छ, जसको कल्पना तपाईँले गर्नुभएको थियो । आफ्नो आँखा बन्द गर्नुस् र खुसी, उल्लास र आन्तरिक सन्तोषको भावना महसुस गर्नुस् ।
जब तपाईँ आफ्नो दिमागमा लक्ष्यको छविलाई त्यो भावनासँग जोड्नु हुन्छ जुन तपाईँले त्यो प्राप्त गर्दा हुनेछ तब तपाईँ आफ्नो दिमागको उच्चस्तरीय शक्तिलाई सक्रिय बनाइदिनुहुन्छ । तपाईँ आफ्नो रचनात्मकतालाई गति दिनुहुन्छ । तपाईँलाई यस्तो अन्तर्दृष्टि र विचार प्राप्त हुनेछ, जसले तपाईँको लक्ष्यलाई धेरै छिटो प्राप्त गर्नमा तपाईँको मद्दत गर्न सक्नेछ ।
साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्