Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेले घनश्याम भूसाललाई टिकट दिएन

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— नेकपा एमालेका नेता घनश्याम भूसालले टिकट नपाउने निश्चित भएको छ । एमाले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सचिव छविलाल विश्वकर्मालाई दिइएको सूचीमा भूसालको नाम समावेश नभएको स्रोत बताउँछ । एमालेको १० औं महाधिवेशनमा भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएर पराजित भएका थिए । पछि उनलाई स्थायी समिति सदस्यमा मनोनित गरिएको थियो । भुसाल एमाले अध्यक्ष केपी शर्मा ओलीका आलोचकका रुपमा समेत चिनिन्छन् । एमालेको रुपन्देही क्षेत्रीय कमिटीले रुपन्देही ३ बाट भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस गरेको थियो । भुसालले क्षेत्र नम्बर १ बाट निर्वाचन लड्न खोजेपनि उनको नाम त्यहाँबाट सिफारिस हुन सकेन । एमालेले यो क्षेत्र राप्रपालाई दिने तयारी गरेको छ । राप्रपाका नेता दीपक बोहरालाई एमालेले समर्थन गर्ने सम्भावना छ । एमालेका पूर्व उपाध्यक्ष भीम रावलको समेत अछाम १ बाट एकल नाम सिफारिस भएपनि एमाले अध्यक्ष ओलीले उनको सट्टा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेता झपट बोहोरालाई टिकट दिने निर्णय गरेका थिए ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्