Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुट्किला

शुक्रबार, मंसिर ९, २०७९
अमेरिकन केटीले अमेरिकाको भ्रमणपछि घर फर्किएको मदनले आफ्नी श्रीमतीसँग सोधछन् ए बूढी, के म विदेशीजस्तो देखिन्छु त ? श्रीमती : पटक्कै देखिनुहुन्न, किन र ? मदन : ल, मलाई त एक जना अमेरिकन केटीले न्यूयोर्कमा तपाईँ विदेशी हो भनेर सोध्दै थिए । मुसा दौडन्छ डेरावालाले घर मालिकसँग भन्यो— साहुजी, तपाईँले मलाई कस्तो कोठा भाडामा दिनुभयो । कोठामा त रातभरि मुसा दौडन्छ । घर मालिकले भन्यो— यति कम भाडामा मुसा नदौडेर के घोडा दौडिन्छ त ? साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार