Nic Ad Nic Ad
Nic Ad Nic Ad

गायक ढकालको ‘उज्यालो तिहार’ सार्वजनिक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – गायक श्याम ढकालले तिहारको अवसरमा गीत सार्वजनिक गरेका छन् । उनले देउसी भैलो समावेश ‘उज्यालो तिहार’ सार्वजनिक गरेका हुन् । आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा ढकालले नै शब्द लेखेका छन् । भूपू पाण्डेले सङ्गीत संयोजन गरेको गीतमा शीतल गजमेर, लक्ष्मी कार्की, तिलस्मी खड्का, प्रवीण गिरी र कपिल सुनारले आवाजमा साथ दिएका छन् । म्युजिक भिडियो पनि ढकालले आफै निर्देशन गरेका छन् । उनले निर्देशन गरेको भिडियोमा योगेश दाहालले सिनेमेटोग्राफ गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२७
प्रतिक्रिया दिनुहोस्