१८ अर्ब २५ कराेडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ— नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले भाेलि सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले २८ दिनकाे अवधिका लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएकाे छ ।
उक्त ट्रेजरी बिल कार्तिक २२ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।
उक्त ट्रेजरी बिल मंसिर २६ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि २ अर्ब २५ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।
उक्त ट्रेजरी बिल चैत्र २८ गते परिपक्क हुनेछ । त्यसैगरी, राष्ट्र बैंकले ३६४ दिनकाे अवधिकाे लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल असाेज २३ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (असाेज २४ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी असाेज २५ गते, मंगलबार बिक्री हुनेछ ।