Nic Ad Nic Ad
Nic Ad Nic Ad

दाङमा शङ्करका विरुद्ध रेखाको उम्मेदवारी

बिहीबार, मंसिर ८, २०७९
दाङ— दाङका तीन वटा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेका बीच प्रतिस्पर्धा हुने भएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा सहरी विकास मन्त्री मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रदेश अध्यक्ष चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सोही क्षेत्रबाट नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । लमहीमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि सोही निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट निर्वाचन जितेका पोखरेलले यसपटक प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेलका विरुद्ध सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीकी पोलिटब्युरो सदस्य रेखा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले उम्मेदवारी दर्ता गराएका छन् । गिरीका विरुद्ध नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:५०
प्रतिक्रिया दिनुहोस्