Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनुषाका ४ वटा प्रतिनिधिसभा क्षेत्रमा सात जना पूर्व मन्त्रीहरूले उम्मेदवारी दर्ता

बिहीबार, मंसिर ८, २०७९
जनकपुरधाम— धनुषाका ४ वटा प्रतिनिधिसभा क्षेत्रमा सात जना पूर्व मन्त्रीहरूले उम्मेदवारी दर्ता गराएका छन् । धनुषा निर्वाचन क्षेत्र नं १ मा पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराए भने एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका नेता दिपक कार्कीले उम्मेदवारी दर्ता गराए । २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट माओवादी केन्द्रबाट मातृका यादव निर्वाचित भएका थिए । धनुषा निर्वाचन क्षेत्र नं २ बाट सत्तारुढ दलको गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादव उम्मेदवारी दर्ता गराएका छन् भने हालै एमाले प्रवेश गरेका पूर्व मन्त्री उमाशङ्कर अरगरियाले पनि उम्मेदवारी दर्ता गराएका छन् । धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँचदलीय गठबन्धनको तर्फबाट पूर्वमन्त्री एवं लोसपाका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गरेका छन् भने एमाले जसपा गठबन्धनको तर्फबाट नेकपा एमालेका नेतृ पूर्वमन्त्री जुलीकुमारी महतो महासेठले उम्मेदवारी दर्ता गरेकी छन् । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री रघुवीर महासेठले उम्मेदवारी दर्ता गरेकी छन् भने नेपाली काँग्रेसको तर्फबाट पार्टीका सह—महामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२७
प्रतिक्रिया दिनुहोस्