Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुन तेल सही ? कुन गलत ? यसरी छुटाउनुहोस्

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – मुटु स्वास्थ्य राख्न तेलेको छनौट महत्त्वपूर्ण मानिन्छ । बजारमा आएका थरी थरीका तेल कम्पनीले आआफ्नै दाबा गर्दा उपभोक्ता उनीहरूको उत्पादन प्रति आकर्षित हुनु स्वाभाविक हो । यस्तोमा कस्तो तेललाई सही वा गलत मान्ने भन्ने दोधार हुन्छ । करिब २ दशक अघिसम्म प्राय भान्सामा तोरीको तेल मात्र पाइन्थ्यो । तर अहिले तोरी बाहेक भटमास, सूर्यमुखी, मकै, बदाम, ओलिभसम्मका धेरै थरीका खाने तेल प्रयोग हुन थालेका छन् । मुटु बलियो पार्ने, हर्ट अट्याक हुनबाट जोगाउने र कोलेस्ट्रोल फ्री भनेर विभिन्न तेलको विज्ञापन र बजारमा बिक्री छ्यापछ्याप्ती छ । तेल प्रयोग गर्नु अघि बुझ्नु पर्ने कुरा के भने, तेलमा तीन प्रकारका फ्याटी एसिड पाइन्छ । स्याचूरेटेड, मोनोअनस्याचुरेटेड र पोलि अनस्याचुरेटेड । स्याचुरेटेड फाटी एसिडले मुटुलाई हानी गर्दछ भने अनस्याचूरेटेडले केही मात्रामा फाइदा पनि गर्छ । मोनो र पोली अनस्याचूरेटेड फाटी एसिडले रगतमा कोलेस्टेरोलको मात्रालाई घटाउन मद्दत पु¥याउँछ । यस्ता लाभदायी तत्त्व कुनै तेलमा बढी त कुनैमा घटी हुन्छ । यसबाहेक तेलमा पाइने माट्ईग्लिसेराइडले कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर पार्ने गर्दछ ।  तर सूर्यमुखी तेलमा भने कोलेस्ट्रोल फ्री लेखिएर यसका अन्य नकारात्मक कुरा लुकाइएको हुन्छ । वनस्पति तेलमा कोलेस्ट्रोल पाइँदैन । कोलेस्ट्रोल जन्तुबाट उत्पादन हुने चिल्लो पदार्थ र घ्यू, मक्खन आदीमा मात्र पाइन्छ । सूर्यमुखी वा अन्य वनस्पति तेलमा कोलेस्ट्रोल पाइँदैन । तर फाटी एसिड भने प्रचुर मात्रामा पाइन्छ । यस्तै चिल्लो पदार्थलाई धेरैपल्ट तताउँदा त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ । ट्रान्स फ्याट स्वास्थ्यका लागि धेरै हानिकारक छ । यसै कारण डिप फ्राई गरेर पकाएका परिकारहरु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसबाट मुटुरोग, क्यान्सर हुन सक्छ । त्यसैले चिल्लो खाद्य पदार्थमध्ये घिउभन्दा तेल वेस र तेलहरुमा शुद्ध तोरीको तेल सबैभन्दा उत्तम मानिन्छ । तोरीको तेलमा गुणकारी तत्त्वहरू अरूमा भन्दा धेरै मात्रामा पाइन्छ । यो तेल धेरेपल्ट तताउँदा पनि ट्रान्सफ्याटमा परिवर्तन हुँदैन । चाडपर्वको वेलामा चिल्लो, बोसो, मासु धेरै खाने चलन छ । मुटु रोगीहरूले यस्तो परिकार खानबाट बच्नु पर्दछ । छाला भएको मासुमा बोसो र कोलेस्ट्रोल धेरै हुन्छ । चिल्लोमा फ्राई   गर्दा यो झन् हानिकारक बन्दछ । त्यसैले बोसो, छाला नभएको मासु खाने प्रयास गर्नुपर्छ । मासु उसिनेर वा रोस्ट गरेर पकाउँदा उत्तम हुन्छ । मासु खादा हरियो सागपात र सलाद अनिवार्य खानुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्