चुट्किला
मेरी आमाको चेकअप
एउटी युवती आफ्नी आमालाई लिएर क्लिनिक गइन् ।
युवती : डाक्टर साब चेकअप गर्नु छ ।
डाक्टर : ऊ त्यहाँ बेडमा बसेर सबै लुगा खोल्नुस् त ।
युवती : कड्किँदै, मेरो होइन, मेरी आमाको चेकअप गर्नुपर्ने हो ।
कम्मर दुखाइ
रमेशको भेट बागबजारको एउटा चिया पसलमा मदनसँग भयो ।
रमेश : मदन, तिम्री श्रीमतीको कम्मर दुखाइको के भयो ?
मदन : जुन दिन डाक्टरले उसलाई भन्यो कि कम्मर दुख्नु भनेको बुढ्यौलीको सङ्केत हो, त्यसै दिनदेखि उसको कम्मर दुखाइ त चट्टै भयो नि ।
साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:५५
प्रतिक्रिया दिनुहोस्