निम्न रक्तचाप (प्रेसर लो) भएमा के खाने ?
काठमाडाैँ – रक्तचापमा हुने तलमाथीले समस्या सिर्जना गरेकाे हुन्छ । हामीले खाने र नखाने कुराका बारेमा थाहा नपाउँदा समस्या बढ्न सक्छ । यहाँ निम्न रक्तचाप (प्रेसर लो) भएमा के खाने ? के नखाने भन्ने विषयमा जानकारी दिइएकाे छ ।
खान हुने कुराहरू :
प्राकृतिक, स्वास्थ्यकर एवं पोषक खानाहरू, भिटामिन तथा विभिन्न खनिज तत्त्वहरू पाइने खानेकुराहरू जस्तै: गाढा हरिया रङ्गका सागपातहरू, पहेँला जातका फलफूलहरू, गाजर, सुन्तला, केरा, अम्बा, आँप आदि ।
फलामतत्व पाइने खानेकुराहरू, सागपात (सिस्नु) फलामको कराहीमा पकाएको कालो मासको दाल प्रशस्त मात्रामा खानुपर्छ । यस्ता रोगीहरूले पानी धेरै पिउने, फलफूलको रस, हरिया सागपात तथा तरकारीको झोल प्रशस्त पिउनुपर्दछ ।
नुनको मात्रा ठिक्क खानुपर्छ । दूध, कागती, महको सर्बत, पालुङ्गो साग शरीरले पचाउन सक्ने क्षमताअनुसार खानुपर्छ । साथै बेलाबेलामा आवश्यक स्वस्थ उपचारको लागि डाक्टरसँग परामर्श पनि लिनुपर्छ ।
खान नहुने कुराहरू :
बढी अमिलो, पिरो, चिल्लो र गरम मसलायुक्त खानाहरू खानु हुँदैन । नपच्ने आफ्नो पाचन क्षमता र शरीरमा पोषणको अवस्थालाई बेवास्ता गरी जथाभाबी खानुहुँदैन ।
साभार: ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:०६
प्रतिक्रिया दिनुहोस्