Nic Ad Nic Ad
Nic Ad Nic Ad

अस्ट्रेलियामाथि इङ्ल्यान्डको ८ रनको जित

बिहीबार, मंसिर ८, २०७९
पर्थ–ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा इङ्ल्यान्डले आइतबार अस्ट्रेलियालाई उसैको घरेलु मैदानमा पहिलो ट्वान्टी–२० खेलमा स्तब्ध बनाएको छ । ट्वान्टी–२० विश्वकपको अभ्यासका लागि इङ्ल्यान्ड र अस्ट्रेलियाले यसै फरम्याटका तीन खेलको शृंखला खेल्दै छन् । तर, आइतबार पर्थमा पाहुना टोली इङ्ल्यान्डले अस्ट्रेलियामाथि आठ रनको सनसनीपूर्ण जित रच्दै शृंखलामा सुखद सुरुआत ग¥यो । घरेलु टोलीसामु जितका लागि २ सय ९ रनको विशाल लक्ष्य थियो । ओपनरद्वय एलेक्स हल्स र जस बटलरको आक्रामक इनिङ प्रेरणामा इङ्ल्यान्डले २०८÷८ को योगफल तयार पारेको थियो । यी दुई घरेलु टोलीका तीव्र गतिका बलरमाथि हाबी भए र ११.२ ओभरमा एक सय १३ रनको जोड्दै इङ्ल्यान्डलाई राम्रो सुरुआत दिलाए । हल्सले ५१ बलमा ८४ रन र बटलरले ३२ बलमा ६८ रन जोडे । हल्स र बटलरले शतकीय साझेदारी गर्ने क्रममा २० चौका र सात छक्का हिर्काए । अस्ट्रेलियाका नाथन इलिसले तीन विकेट लिए । केन रिचार्डसन, ड्यानिल साम्स र स्टोइनिसको नाममा १÷१ विकेट रह्यो । विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाको सुरुआत सुखद हुन सकेन र दोस्रो ओभरमा नै ओपनर क्यामरुन ग्रिन १ रनमै आउट भए । यद्यपि, अर्का ओपनर वार्नरले मिचेल मार्ससँग मिलेर तेस्रो विकेटका लागि ७१ रन बनाए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५३
प्रतिक्रिया दिनुहोस्