साफ यू–१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
काठमाडौं-नेपाली युवा महिला टोलीले साफ यू–१५ महिला च्याम्पियनसिप २०२२ को सुरुवात भुटानविरुद्धको खेलबाट गर्ने भएको छ । साफले सोमबार सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर भुटानलाई प्रतिद्वन्द्वी पाएको हो । उक्त खेल नोभेम्बर ४मा हुनेछ ।
बंगलादेशको ढाकामा नोभेम्बर १ देखि ११ सम्म हुने प्रतियोगितामा नेपालले दोस्रो खेल आयोजक बंगलादेशविरुद्ध खेल्नेछ ।
तीन टिम सहभागी प्रतियोगिता डबल राउन्ड रोविन लिग प्रणालीमा खेलाइनेछ । लिग चरणको शीर्ष स्थानमा हुने टिमले उपाधि जित्नेछ ।
प्रतियोगिताका नेपालका मुख्य प्रशिक्षक भगवती रानामगरले १० सेप्टेम्बरमा टिमलाई ४० खेलाडीबाट ३० मा झरेकी थिइन् । अहिले बन्द प्रशिक्षणमा ३० खेलाडी छन् ।
मुख्य प्रशिक्षक भगवतीलाई सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीले सघाएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २०:२१
प्रतिक्रिया दिनुहोस्