पुरुष ह्याण्डबलमा गण्डकीको जित
पोखरा–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ । गण्डकी प्रदेशले मधेश प्रदेशलाई ६६–१३ को फराकिलो गोल अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो ।
गण्डकीको लागि चन्द्र केसीले सर्वाधिक १० गोल हिर्काए। मधेशको लागि अम्बर चौधरी थारुले ५ गोलको योगदान गरेका थिए ।
ह्याण्डबल प्रतियोगिताको संघीय अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वास्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना समेत व्यक्त गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५४
प्रतिक्रिया दिनुहोस्