अर्जेन्टिनाका डिबालाले विश्वकप गुमाउने सम्भावना
काठमाडौं–अर्जेन्टिनाका फरवार्ड पाउलो डिबालाले फिफा विश्वकप २०२२ गुमाउने सम्भावना छ । आइतबार राति इटालियन ला लिगामा लिचविरुद्धको खेलमा एएस रोमाका फरवार्ड डिबाला घाइते भएका हुन् ।
रोमाले गएराति लिचलाई २–१ ले हराएको थियो । रोमाको जितमा डिबाला र क्रिस स्मलिङले गोल गरेका थिए । लिचका मोर्टेन हुलमन्डले रातो कार्डको सामना गरेपछि टिम दश खेलाडीमा सीमित भएको थियो ।
२८ वर्षे डिबालाले रोमाबाट यस सिजन १० खेलबाट ६ गोल गरिसकेका छन् । रोमाका प्रशिक्षक माउरिन्होले भनेजस्तै डिबाला लामो समय मैदान बाहिर रहे भने विश्वकप अगाडि अर्जेन्टिनालाई ठूलो धक्का लाग्नेछ । डिबालाले अर्जेन्टिनाको जर्सीमा ३४ खेल खेलेका छन् ।
अर्जेन्टिना कतार विश्वकपको समूह ‘सी’मा परेको छ । उक्त समूहमा अर्जेन्टिनाले साउदी अरेबिया, मेक्सिको र पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:५५
प्रतिक्रिया दिनुहोस्