Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्सेमा २७ अंकको गिरावट

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ । आइतबार (हिजो) सेयर बजार परिसूचक नेप्से ४४.६२ अंकले उकालो लागेको थियो । आज २७.१६ अंकले नेप्सेमा गिरावट आएको छ । आज १.४३ प्रतिशतले घटेर नेप्से १८७१.२२ को बिन्दुमा झरेको छ । २३३ कम्पनीका १७ हजार ८७६ कारोबारमा ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँको ३१ लाख ५५ हजार ६५९ कित्ता सेयर किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.४३ प्रतिशतले घटेर ३६६.८४ को बिन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये म्युचुअल फन्डबाहेक १२ वटा उपसमूह सूचक घटेको छ । आज मुच्युअल फन्ड उपसमूहको सर्वाधिक ०.८४ प्रतिशतले परिसूचक बढेको छ । आज विकास बैंक समूहको सर्वाधिक २.६५ प्रतिशतले समूहगत सूचक घटेको छ । आज अभियान लघु वित्त वित्तीय संस्थाको सर्वाधिक ९.९९ प्रतिसतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । यस्तै आज गरिमा डिभेन्चरको सर्वाधिक ८.१३ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्