Nic Ad Nic Ad
Nic Ad Nic Ad

३ अमेरिकलाई अर्थशास्त्रको नोबेल पुरस्कार

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–रोयल स्विडेस एकेडेमी अफ साइन्सेसले बैंक तथा वित्तीय संकटबारे अध्ययन गरेका तीन जना अर्थशास्त्रीहरूलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरेको छ । बेन बेर्नान्के, डग्लस डब्लु डाइमन्ड र फिलिप्स एच डिब्भिगलाई प्रदान गरिएको रोयल स्विडेस एकाडेमी अफ साइन्सेसले जनाएको छ । उनीहरूले १९८० को दशकको सुरुदेखि नै संकटको समयमा बैंकहरूलाई कसरी कम जोखिमयुक्त बनाउने, बैंक विघटनले वित्तीय संकटलाई कसरी बढावा दिन्छ भन्ने विषयमा अनुसन्धान गर्दै आएका थिए । उनीहरूले वित्तीय बजारलाई अनुगमन र वित्तीय संकटलाई व्यवस्थापन गर्न भूमिका खेलेका थिए । नोबेल पुरस्कार प्राप्त गर्ने ३ जना अमेरिकी नागरिक हुन् । बेर्नान्के अमेरिकास्थित द ब्रुकिङ्स इन्स्टिच्युट, डाइमन्ड सिगाको विश्वविद्यालय र डिब्भिग वासिङ्गटन विश्वविद्यालयसँग सम्बन्धित छन् ।    
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्