कहीँ नभएको जात्रा हाँडीगाउँमा (फोटोफिचर)
काठमाडौँ— काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथु नारायणको जात्रा सुरु भएको छ ।
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ ।
गत वर्षभन्दा कोरोना महामारी कम रहेकाले सहजरूपमा जात्रा गर्न लागिएको हो । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो ।
जात्रा शुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित समेत रहेको छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए ।
दिदी भगवानप्रति पूर्णरूपमा आस्था राख्थिन् र बहिनी घमण्डी हुनुका साथ भगवानप्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको बाह्र वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान सहित नारायणको आराधना गरिन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:३१
प्रतिक्रिया दिनुहोस्