जाजरकोट–सल्यान जोड्ने झोलुङ्गे पुल पहिरोले बगायो
सल्यान— अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट र सल्यानलाई जोड्ने झोलुङ्गे पुल बगाएको छ । जाजरकोट छेडागाड र सल्यानको बनगाड कुपिण्डे नगरपालिका २ जोड्ने भेरी नदीको झोलुङ्गे पुल पहिरोले बगाएको हो ।
वर्षापछि आएको पहिरोले सल्यान तिरको पुलको भाग बगाएर भेरी नदीमा पुर्याएको स्थानीय गोपीलाल शर्माले जानकारी दिए । पहिरोले पुल बगाएपछि एक गाउँबाट अर्को गाउँमा आवतजावतमा समस्या भएको उहाँको भनाई छ ।
बनगाड कुपिण्डे २ का अधिकांशको मुख्य बजार जाजरकोटको छेडा बजार रहेको छ । पहिरोले पुल बगाएसँगै दैनिक उपभोग्य बस्तु, खाद्यान्न ढुवानी, बिरामी आवतजावतमा समस्या भएको शर्माको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:३५
प्रतिक्रिया दिनुहोस्