देश त्याग्न चाहनेहरु: बाध्यता कि रहर (तस्वीरसहित)
काठमाडौँ–अमेरिका जाने सपना सहित काठमाडौँको न्युरोडमा रहेको ई–स्पट नेपालमा अमेरिकी डाइभर्सिटी भिषा (इडिभी) भर्ने मानिसहहरुको भिड बढेको छ ।
साना बालबालिका देखी बृद्धबृद्धा सम्मको इडिभी भर्नको लागी लाईनमा छन् ।
नेपालमा अवसर नरहेको कारण आफुहरु विदेशीनु परेको उनिहरुको भनाई छ । इडिभी भर्नेहरु मध्येका विकासले हाल सम्म ८ पटक इडिभी भरेको बताए ।
यो सहित उनको ९ पटक हुन्छ तर पनि आफूलाई अझै आश रहेको कारण फेरि भर्ने लागेको उनको भनाई छ । त्यस्त,ै सरीता तामाङ पनि नेपालमा भन्दा अमरिकामा रोजगार र अवसर धेरै भएको कारण अमेरिका जाने चाहना रहेको बताउँछिन् ।
यसअघि पनि उनले इडिभी भरेकी थिइन् । । दैनिक ५०० को हाराहारीमा यहाँ इडिभी भर्नेहरु आउने गरेका छन् ।
(ङिमु शेर्पाको साथमा)
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:५४
प्रतिक्रिया दिनुहोस्