Nic Ad Nic Ad
Nic Ad Nic Ad

सपनामा स्त्रीसँग सम्भोग गरेको देख्दा मात्र स्वप्रदोष हुन्छ, कि अरू पनि कारण छ ?

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – निदाएको बेला पुरुषको वीर्य पात हुने वा स्खलन हुनुलाई स्वप्रदोष भनिन्छ । सामान्य अवस्थामा स्वप्नमा स्त्रीसँग सम्भोग गरेको देख्दा वा कल्पनाले पुरुषलाई चरम आनन्द दिने र यसैले वीर्य पात गराउने हुन्छ । स्वप्रदोष कल्पना वा स्वप्नमा हुने स्त्री भोगका कारणले मात्र हुने गर्दछ । स्वप्रदोष आफैमा कुनै दोष वा कमजोरी होइन, यो एक प्राकृतिक प्रक्रिया हो । स्वप्रदोष शरीरको एक क्रिया मात्र हो । यसले शरीरमा कुनै ठुलो असर पार्दैन । तर पनि स्वप्रदोष रोक्नु वा हटाउनु उत्तम हुन्छ । यसकालागि संयमित आहार, योगा सन, ध्यान र सात्त्विक विचारमा बढी जोड दिनुपर्छ । स्वप्रदोष हटाउने उपाय यस्ता छन् ः – पेट र ढाडको तल्लो भाग तातो पानीले सेक्ने । – तारेको र मसालायुक्त खानेकुरा नखाने । – माछासामुको सेवन कम गर्ने । – सकेसम्म झोलिलो खानेकुरा खाने । – फलफूलको जुस प्रशस्त पिउने । – शारीरिक रूपमा दैनिक व्यायाम गर्ने । – कामुक पुस्तक र फिल्मबाट टाढा रहने । – धेरै हस्तमैथुन नगर्ने । – भिटामिन वियुक्त खानेकुरा खाने । – ६ ग्राम प्याजको रसमा गाईको घ्यु र मह फिटेर खाँदा पनि स्वप्न दोषबाट मुक्ति पाइन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्