रुसको पछिल्लो मिसाइल आक्रमणको विश्वका धेरै देशद्वारा निन्दा
काठमाडौँ – पूर्वी युक्रेनलाई आफ्नो भूमीमा गाभेपछि रुसले युक्रेनमाथी मिसाइल आक्रमण सुरु गरेको छ । रुसले युक्रेनको राजधानी किभमा गरेको मिसाइल आक्रमणको धेरै देशले विरोध गरेका छन् ।
अमेरिकाले रुसले विश्वविद्यालय र बालबालिकाको खेल मैदान लगायतका नागरिकलाई निशाना बनाएको बताएको छ । अमेरिकाले युक्रेनलाई सहयोग जारी राख्ने आश्वासन पनि दिएको छ ।
युक्रेनलाई अमेरिकाको सहयोग जारी रहने भनेपछि रुसले यो सुरुवातिमात्र भएको प्रतिक्रिया दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियालाई रुससँग जोड्ने एकमात्र पुलमा शनिबार भएको विस्फोटको प्रतिक्रियामा आक्रमण भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू अत्यन्तै स्तब्ध भएको बताएका छन्। रुसले सोमबार ८३ वटा क्षेप्यास्त्र प्रहार गरेको र जसमध्ये ४३ वटा हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको युक्रेनले दाबी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०९
प्रतिक्रिया दिनुहोस्