नेभिगेशन
विश्व

पुटिनले युक्रेनी जनताविरुद्ध अपराध गरेको बाइडेनको आरोप

काठमाडौं–अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनको राजधानी कीभ लगायतका शहरहरुमा गरेको मिसाइल आक्रमणलाई आतंकवादी कारबाहीको संज्ञा दिएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनी जनताविरुद्ध युद्ध अपराध गरेको आरोप समेत लगाएका हुन् । उनले रुसमाथिको अमेरिकी प्रतिबन्ध जारी नै रहने बताए । राष्ट्रपति पुटिन अत्याचार र युद्ध अपराधको जिम्मेवार हुनुपर्ने उनको तर्क छ । युक्रेनको स्वतन्त्रता रक्षाका लागि अमेरिका हरदम साथ रहने समेत उल्लेख गर्दै राष्ट्रपति बाइडेनले रुसको मिसाइल आक्रमणमा परी घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन