Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘रामराज्य रथयात्रा’ का टोलीलाई पशुपति क्षेत्र विकास कोषको सम्मान (फोटोफिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– – ‘रामराज्य रथयात्रा’ टोलीलाई पशुपति क्षेत्र विकास कोषले सम्मान गरेको छ । भारतको अयोध्याबाट आएको रामराज्य भगवान श्रीरामको रथयात्रामा काठमाडौँ आएका जगतगुरु सहित टोलीलाई आज पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोष र विश्व हिन्दु युवा संघ अन्तरराष्ट्रिय समितिको संयुक्त आयोजना भगवान श्रीपशुपतीनाथको दर्शन पश्चात सम्मान गरिएको हो । ६० दिनको यात्रामा रहेको रथ हिजो राती ७ बजे १३ औँ दिनमा काठमाडौँ स्थित पशुपति धाममा आएको हो । रथ आज यहाँबाट पोखरा जाँदैछ । लगभग ५ वटा गाडी, ५० जनाको सङ्ख्यामा साधु सन्त आएका छन् । एउटा बसलाई भारु ३५ लाख लागतमा सजाएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ काठमाडौँ पुगेको हो । भारत र नेपालको आध्यात्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ गर्नु, आपसी भाइचारा बढाउनु र रामसीताको भएर हामीले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गराउने लगायत प्रमुख उद्देश्यका रथयात्रा सुरू भएको हो । नेपालको जलेश्वर, जनकपुर, हेटौँडा, नारायणगढ हुँदै यात्रा काठमाडौँ पुगेको हो । यही असोज १८ गते अयोध्याको राम मन्दिरबाट साधुसन्तको लावालस्करका साथ आरम्भ भएको यस रथ यात्राले ६० दिनसम्म नेपाल र भारतको विभिन्न २७ ठाउँको भ्रमण गर्नेछन् भने १५ हजार किलोमिटरसम्म यात्रा गर्नेछन् ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०१
प्रतिक्रिया दिनुहोस्