लघुवित्त संस्थाहरूको खारेजीको माग
काठमाडौं–लघुवित्त संस्थाहरूको खारेजीको माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ । लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले बृहत ¥याली निकाल्दै लघुवित्त खारेजीको माग गरेको हो ।
लघुवित्त संस्थाहरु नव सामान्तीको रुपमा स्थापित भएको, समाजवादी अर्थतन्त्रको विकास गरिनुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गरिनुपर्ने, सामूहिक ऋण मिनाहा गरिनुपर्ने माग राख्दै उनीहरू आन्दोलित भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:५४
प्रतिक्रिया दिनुहोस्