Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव गुरुङको अवकाश

बुधबार, मंसिर ७, २०७९
पर्वत–प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यामा अवकाश पाएका छन् । ६० वर्षे उमेर हदबन्दीका कारण सदस्य सचिव गुरुङले अनिवार्य अवकाश पाएका हुन् । खुला प्रतिस्पर्धा मार्फत १९ महिना अघि प्रदेश खेलकुद परिषद् गण्डकीको स्थापनासँगै चार वर्षका लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ति पाएका थिए । गण्डकी प्रदेशमा ३९ वर्ष पछि आयोजना हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुदको तयारी र प्रतियोगिता चलिरहँदा गुरुङको अवकाश सँगै प्रदेश खेलकुद परिषद् भने नेतृत्वविहीन हुन पुगेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को कार्यकारी तहबाट अवकाश पाउनुअघि पत्रकार सम्मेलनको आयोजना गरी सदस्य सचिव गुरुङले यसलाई नियमित प्रक्रिया रहेको बताए ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्