अचम्मको पाउरोटी जसमा फट्याङ्ग्रा मिसाइएको हुन्छ त्यही उपभोक्ताको उच्च माग
काठमाडाैँ – पाउरोटीको स्वादले धेरैलाई लोभ्याउने गर्दछ । अझ तातो तातो पाउरोटीको सुगन्ध निकै मिठो हुन्छ । पाउरोटीमा मूलतः पिठो, नुन, चिनी, बेकिङ पाउडर, वनस्पति तेल र दूध मिसाइन्छ । तर विश्वमा केही यस्ता उत्पादक पनि छन् जसले पाउरोटीमा फट्याङ्ग्रा पिँधेर मिसाउँछन् ।
सुन्दै अपत्यारिलो लाग्ने उक्त पाउरोटी फिनल्यान्डमा उत्पादन हुन्छ । यहाँ पठ्याङ्ग्रालाई पिँधेर बनाइएको धुलो मिसाई पाउरोटी बनाइन्छ । रोचक त के छ भने यसरी तयार पारिएको पाउरोटी किन्न मानिसको भिड हुन्छ ।
फिनल्यान्डको खाद्य कम्पनी फेजर बेकरीले फट्याङ्ग्राको चूर्ण मिसाएर बनाएको पाउरोटी उत्पादन गर्दछ । फेजरले फट्याङ्ग्रा मिसाएको पिठो नेदरल्याण्डबाट आयात गर्दछ । फेजरले उत्पादन गर्ने पाउरोटी निकै स्वादिष्ट हुनुका साथै पोसिलो समेत हुन्छ । त्यसैले यो पाउरोटी किन्न उपभोक्ताको भिड हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:००
प्रतिक्रिया दिनुहोस्