Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसी मिलानलाई हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लियो

बिहीबार, मंसिर ८, २०७९
सान सिरो— युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब चेल्सीले जित हात पारेको छ । उसले समूह‘इ’ अन्तर्गतको खेलमा १० खेलाडीमा समेटिएको इटालियन क्लब एसी मिलानविरुद्ध २–० को सहज जित हात पारेको हो । मिलानको घरेलु मैदान सान सिरोमा चेल्सीलाई जित दिलाउन जर्जिन्हो र पिएरे एमिरिक औवामियाङले १–१ गोल गरे । खेलको १८ औं मिनेटमा फिकायो टोमोरीले सिधै रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मिलान १० खेलाडीमा समेटिएको थियो । २१ औं मिनेटमा जर्जिन्टोले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ३४ औं मिनेटमा औवामियाङले पाहुना टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले २–० को सहज जित निकाल्यो । यो जितसँगै ४ खेलमा ७ अंक जोडेको चेल्सी शीर्ष स्थानमा उक्लिँदा पराजित मिलान समान खेलबाट ४ अंकका साथ तेस्रोमा छ । यहि समूहको अर्को खेलमा अस्ट्रियन क्लब आरबी साल्जबर्गले क्रोएसियाको डिनामो जाग्रेबसँग १–१ को बराबरी खेलेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार