पलविरुद्धको सुनुवाइ आज
तनहुँ— नाबालिग करणी अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहविरुद्धको मुद्दाको सुनुवाइ आज बुधबार हुने भएको छ ।
गत असोज २ गतेका लागि तोकिएको सुनुवाइ स्थगित भएपछि आजका लागि पेशी तोकिएको हो ।
नायक शाहविरुद्ध नवलपुर जिल्ला अदालतले भने साढे दुई वर्ष कैद फैसला सुनाइसकेको छ ।
साथै, २५ हजार रुपियाँ जरिवाना र १० लाख रुपियाँ क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतले जनाएको छ ।
शाहविरुद्ध नाबालिकालाई करणी गरेको भन्दै गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।
शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहाइको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:१९
प्रतिक्रिया दिनुहोस्