इराकमा भोली राष्ट्रपतिको निर्वाचन हुँदै
काठमाडौं–इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ । इराकी संसदले बिहीबार उनको निर्वाचन गर्ने भएको हो । इराकी सभामुखले सो कुरा इराकको संसदलाई मङ्गलबार जानकारी दिएका हुन् । उनले इराकी संसदको मङ्गलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।
इराकी संसदका सभामुख मोहमद अल हलबोसीले सो कुराको जानकारी गराएको हो । मङ्गलबार संसदको नियमित पत्रकार सम्मेलनका क्रममा सभामुखले बिहीबारको संसद बैठकमा राष्ट्रपति निर्वाचनको मात्र कार्यक्रम रहेको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ । सोहीअनुसार यहाँका पदहरु बाँडफाँट हुँदै आएका छन् ।
इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरूका बीचको आन्तरिक विवाद रही आएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२४
प्रतिक्रिया दिनुहोस्