Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘दुई नम्बरी’को कमाइ साढे २ करोडमाथि

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘दुई नम्बरी’ले राम्रो सुरुवात पाएको छ । सुरुको दुई दिनमा साढे २ करोडमाथिको कमाइ गरेको फिल्मले कामकाजी दिनमा पनि दर्शकको राम्रो साथ पाएको छ । निर्माण टोलीका अनुसार फिल्मले एक हप्ता पनि पूरा नहुँदै मुनाफा कमाएको छ । निर्माता किरण नेपालीले फिल्म नाफामा गइसकेको र मुनाफाबाट केही रकम फिल्मका प्राविधिकलाई बोनसको रुपमा प्रदान गर्ने पनि बताएका छन् । फिल्मलाई सफल बनाउनमा पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरूको ठूलो हात रहेको भन्दै मुनाफाको केही प्रतिशत बोनसको रुपमा दिने बताएका हुन् । दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म रोमान्टिक कमेडी ड्रामा जनरामा बनेको छ । जंगली पशुपंक्षीको संरक्षणलाई मुख्य विषय बनाइएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेनको मुख्य भूमिका रहेको छ । दशैँको अवसर पारेर असोज २१ देखि प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा १० करोडको आँकडा छुने अनुमान गरिएको छ । यही निर्माण टोलीको अर्को फिल्म ‘पोइ प¥यो बुढो’लाई पनि लामाले नै निर्देशन गर्ने बताइएको छ । ‘दुई नम्बरी’ लामाको निर्देशनमा बनेको चौथो फिल्म हो । यसअघि उनका ‘घामपानी’, ‘गोपी’ र ‘छ माया छपक्कै’ प्रदर्शनमा आइसकेका छन् । जसमध्ये ‘छ माया छपक्कै’ले मात्र व्यवसायिक रुपमा सफल भएको छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्