दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं–साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार १६.०६ अंकले घटेको नेप्से यस दिन ११.३६ अंकले बढेर बन्द भएको छ ।
आज ०.६१ प्रतिशतले बढेर नेप्से १८६६.५२ को विन्दुमा पुगेर बन्द भएको छ । यस दिन २२३ कम्पनीका २० लाख ८५ हजार २८४ कित्ता सेयर ६९ करोड १७ लाख ३७ हजार ८३९ रुपैयाँबराबरमा किनबेच भएको छ ।
बुधबार सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ३६६.१९ को विन्दुमा पुगेको छ ।
यस दिन १३ उपसमूहमध्ये ११ उपसमूहको समूहगत सूचक उकालो लागेको छ । फाइनान्स उपसमूहको सर्वाधिक ०.२६ प्रतिशले समूहगत सूचक बढेको छ । यस्तै, म्युचुअल फन्ड १.७१ प्रतिशत र ट्रेडिङ उपसमूहको ०.७७ प्रतिशतले घटेको छ ।
आज अभियान लघुवित्त वित्तीय संस्थाको सर्वाधिक १०.०० प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । माहुली लघुवित्त वित्तीय संस्थाको ५.५१ प्रतिशतले र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ५.३५ प्रतिशतले बढेको छ ।
यस्तै, आज एभरेस्ट बैंकको ९.८३ प्रतिशत र एनएमबी हाइड्रो फन्ड–१ को सेयर मूल्य ५.७३ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:०१
प्रतिक्रिया दिनुहोस्