Nic Ad Nic Ad
Nic Ad Nic Ad

निजामती अस्पतालमा कार्यरत डाक्टर इमाडोलमा मृत भेटिइन्

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ- निजामती अस्पतालमा कार्यरत एक डाक्टर ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन्। प्रहरीका अनुसार जनकपुर घर भएकी डाक्टर सुस्मिता पाठक मृत अवस्थामा फेला परेकी हुन्। ललिपुर प्रहरीका प्रवक्ता एसपी सुधिरराज शाहीका अनुसार २८ वर्षीय पाठक इमाडोलस्थित डेरामा मृत अवस्थामा फेला परेकी हुन्। उनी इमाडोलमा आमासँगै बस्दै आएकी थिइन्। इमाडोलस्थित डेरामा भित्रबाटै ढोका बन्द गरेको अवस्थामा उनी मृत भेटिएकी हुन्। घटनाको समयमा उनकी आमा घरमा नभएको खुलेको छ। उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्