ब्रोकरको लाइसेन्सका लागि अहिलेसम्म २१ कम्पनीको दिए आवेदन
काठमाडौँ— नयाँ स्टक ब्रोकरको लाइसेन्स लिनका लागि बुधबार सम्ममा कम्पनीले आवेदन दिएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आवेदन २० करोड चुक्ता पुँजीको ब्रोकर कम्पनी स्थापनाका लागि बढी आवेदन छ ।
नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरको न्यूनतम चुक्ता पुँजी कामको प्रकृति हेरेर २० करोडदेखि १५० करोड रुपैयाँसम्म तोकेको छ ।
बोर्डका अनुसार सामान्य शेयर कारोबार गर्ने स्टक ब्रोकर कम्पनी खोल्न २० करोड रुपैयाँ चाहिने भएको छ भने मार्जिन लेन्डिङ, एडभाइजरी सेवा समेत दिने ब्रोकर कम्पनी खोल्न ६० करोड रुपैयाँ र आफ्नै नाममा शेयर खरिद बिक्री गर्न मिल्ने एवम् स्टक डिलरको समेत कार्य गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न भने १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ लाई पाँचौँ पटक संशोधन गरे लगत्तै नयाँ ब्रोकरको लागि लाइसेन्स खुला गरेको थियो । नयाँ स्टक ब्रोकर लिनका लागि असोज ३१ गतेभित्र निवेदन दिइसक्नु पर्नेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:०१
प्रतिक्रिया दिनुहोस्